मन्सुर खान बिरगंज फागुन २३ गते । बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा र लागु औषध नियन्त्रण व्यूरो शाखा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँचको क्रममा ८७८ एम्पुल लागु औषध सहित दुई भारतीय महिलाहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका भारत विहार जिल्ला पुर्वी चम्पारण रामगढवा बस्ने वर्ष ४३ की रूकसाना खातुनको साथबाट बुप्रेनरफाईन १४८ एम्पुल,डाईजेपाम १४९ एम्पुल र फेनार्गन १३९ एम्पुल र सोही बस्ने वर्ष २० अप्साना खातुनको साथबाट बुप्रेनरफाईन १४८ एम्पुल,डाईजेपाम १४७ एम्पुल र फेनार्गन १४७ एम्पुल लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।