प्रहरी चौकी ईनर्वाद्वारा चाँदीका गहना सहित बाराको एक जना पक्राउ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २३ गते । भारतबाट अवैधरूपमा चाँदीका गर-गहनाहरु ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले गहना सहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको चेकिङ टोलीले बैशाख २२ गते विहान १०:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ति चोकमा भारत रक्सौलबाट वीरगञ्जतर्फ राजश्व छलि चोरी पैठारी गरि ल्याउदै गरेको अवस्थामा २ के.जी. १७३ ग्राम चाँदी सहित बाराको फेटा गा.पा. वडा नं.३ बस्ने वर्ष २० को रोशन सोनारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा रोशनले कमरको भागमा रातो सेतो रङकको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गर-गहनाहरू फेला परेकोले हुँदा निजलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)