मन्सुर खान बिरगंज फागुन २३ गते । पर्सा प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २४० मि.ग्राम सहित २ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा रौतहट गुजरा न.पा.वडा नं.३ कटानी बस्ने वर्ष ३२ को भिम बहादुर वाईवा र सोही बस्ने वर्ष २५ को मिलन तामाङ रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी कुमार बिक्रम थापाले जनाएको छ।