प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्ट सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज फागुन ६ गते । प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्ट सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख समेत रहेका भट्ट बागमती प्रदेशको माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका हुन् । बाग्मती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले भट्टलाई उत्कृष्ट भएको प्रशंसापत्र प्रदान गरेका छन् । अपराध अनुसन्धान र प्रहरी कारबाहीमा उनले प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । गोखाका भट्टले २०७० देखि प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरीको सेवा सुरु गरेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)