मन्सुर खान बिरगंज जेठ ५ गते । प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतको बिदाइ तथा फेरी भेटौला कार्यक्रम सम्पन्न तालुक नेपाल प्रहरी प्रधान कार्यालय को मिति २०८३/०२/०१ गतेको पत्रअनुसार जिल्ला प्रहरी कार्यालय कास्की मा कार्यरत प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतको ईलाका प्रहरी कार्यालय दमक मा सरुवा भएको छ।यस अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख उपस्थितिमा “फेरी भेटौला” कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत एवं जवानहरूको सहभागिता रहेको थियो।सरुवा भई जान लाग्नुभएका प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतलाई फुलमाला, मायाको चिनो तथा उपहार प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।