प्रहरीका ७ जना डीआईजीको सरुवा,

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २१ गते । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन्।प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ। मधेश प्रदेशमा उमाप्रसाद चतुरवेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य र लुम्बिनीमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको हो।यस्तै सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर बिकलाई सरुवा गर्दा गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ।यसअघि कोसी प्रदेशमा कार्यरत राजन अधिकारी, मधेश प्रदेशमा कार्यरत लालमणी आचार्य र बागमती प्रदेशमा कार्यरत कृष्णहरि शर्मा पोखरेल एआईजीमा बढुवा भएका थिए।गण्डकी प्रदेश र सुदूरपश्चिमका प्रहरी प्रमुख चैत ५ गते अवकास भएपछि रिक्त थियो भने लुम्बिनीका प्रहरी प्रमुख दानबहादुर कार्की र सीआईबीका डीआईजी चन्द्रकुवेर खापुङ एआईजीमा बढुवा भएका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)