प्रहरीले यसरी पत्ता लगाएको थियो १० वर्षीया एन्जलको हत्या आरोपीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज असोज २५ गते । असोज २० गते दिउँसो बर्दियाको गेरूवा गाउँपालिका–५ झबहीमा एक नाबालिकाको शव मूलपानीको गुडिखोला किनारमा गाडेको अवस्थामा फेला पर्‍यो।उता असोज १७ गते दिउँसोदेखि बेपत्ता भएकी एन्जलबारे पनि परिवारले अबेर राति मात्रै प्रहरीलाई सूचना दिएको थियो। असोज १८ गतेदेखि एन्जलको खोजीमा प्रहरी र स्थानीय खटिएका थिए।खोजीको क्रममा स्थानीयस्तरमा सिँचाइका लागि निर्माण गरिएको खोलाको इन्टेकको पानी सुकाएपछि एन्जलले प्रयोग गरेको पहेँलो रङको साइकल फेला पर्‍यो।अर्कातर्फ स्थानीय र प्रहरी मिलेर झाडी सफा गरेपछि एन्जलको चप्पल फेला पर्‍यो। ती सबै छुट्टै फेला परेपछि घटना थप रहस्यमय बन्दै गएको थियो । तर, पनि एन्जल फेला परेकी थिइनन्।जब असोज २० गते गुडिखोला किनारमा बालुवामा गाडेको अवस्थामा एन्जलको शव फेला पर्‍यो तब भने उनको कसैले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान थियो । एन्जलको शव फेला परेपछि हत्यारा पहिचान गरी पक्राउ गर्नु प्रहरीमाथि चुनौती थियो।प्रहरीले अनुसन्धानका क्रममा असोज १७ गते मूलपानीको गुडिखोला क्षेत्रमा को–को मानिस पुगेका थिए भनेर खोज्न थाल्यो। दैनिक कामका लागि गएकाहरूलाई पनि प्रहरीले मसिनो गरी सोधपुछ गर्‍यो । सबै ढंगबाट अनुसन्धान गर्दा पनि इप्रका शान्ति बजारका प्रमुख प्रहरी निरीक्षक गुरूङले कुनै 'क्लू' पाएका थिएनन्। तर त्यहीबेला गुरूङले एन्जलको कानमा सुनका मुन्द्री र घाँटीमा चाँदीको सिक्री लुटेर लगेको कुरालाई मध्यनजर गरे। त्यसैलाई क्लूको रूपमा प्रयोग गर्ने योजना बनाए। साधा पोशाकमा प्रहरीहरू स्थानीय सुन पसलमा खटाए । त्यही बीचमा प्रहरी निरीक्षक गुरूङले गाउँपालिका–५ कै २१ वर्षीय समिर सुनारले असोज १९ गते घर छोडेको सूचना पाए । सुन पसलका सिसी टिभी फुटेज अध्ययन गर्दा समिरले एन्जलको हत्या गरी थुतेको सुनका मुन्द्री र चाँदीको सिक्री बेच्न गएका हुन्छन्। तर, स्थानीय सुन पसलका साहुहरूले बिल मागेपछि समिरले बिक्री गर्न सक्दैनन् । सुनचाँदी बेच्न समिरले विभिन्न पसलहरूमा प्रयास गरेको प्रहरी बताउँछ । उनी ती सुन र चाँदीका गरगहना बेचेर जति हुन्छ छिटो भारत भाग्न चाहन्थे,उनले भने, 'किनकी उनीसँग पैसा थिएन। उनले घरमा ५० र १०० रुपैयाँको मोबाइल रिचार्ज गर्न लगाएको समेत अनुसन्धानमा खुलेको छ । यता सुन पसलमा एन्जलको हत्यापछि थुतेर लगिएका गरगहना बेच्न गएको सिसिटिभी फुटेज फेला पर्नु र अर्कातर्फ असोज १७ गते दिउँसो मूलपानीको गुडिखोला किनारमा समिर माछा मार्दै गरेको स्थानीयले देखेको तथ्य प्रहरीले फेला पारेको थियो।अनुसन्धानका क्रममा प्रहरीले समिरभन्दा पहिले अन्य केहीलाई नियन्त्रणमा समेत लिएको थियो । ती तथ्य फेला परेपछि भने प्रहरीले समिरले नै एन्जलको हत्या गरेको हुनसक्ने भन्दै उनको खोजी गर्न थाल्यो । सुरूमा प्रहरीले उनलाई फोन गरी सम्पर्क गर्यो र उनको लोकेसन ट्र्याक गर्न थाल्यो। लोकेसन ट्र्याक गरेपछि भने उनीमाथि केरकार सुरू भएको प्रहरी निरीक्षक गुरूङ बताउँछन् । सुरूमा त आनाकानी गरेका थिए । तर पछि सबै कुरा स्वीकार गरे,उनले भने,एन्जलले लगाएको गरगहना लुट्न लालच पलाएपछि उनको हत्या गरेको उनले स्वीकार गरे । असोज २२ गते प्रहरीले हत्या आरोपी समिरलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिसकेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)