पर्सा-भारत सिमानामा सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ १० गते । पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१६ ईनरुवा र भारततर्फ पूर्वी चम्पारणको पन्टोका ग्राम-४ सुन्दरपुरमा रहेको सानो सीमा स्तम्भ नम्बर ३९१/६ को मर्मत तथा रंगरोगन कार्य सुरु गरिएको छ।जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सुरु गरिएको यस कार्यमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका गणपति स.प्र.उ. राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, नापी विभागका प्रतिनिधि कपिल कटुवाल, जिल्ला प्रहरी कार्यालय, पर्साका प्र.ना.उ.सुवास भट्ट लगायत सशस्त्र प्रहरी बल गुल्म, पर्साका गुल्मपति स.प्र.ना.उ. लोकेन्द्र सुब्बा सहभागी भएका थिए।भारततर्फबाट 47 BATTALION HEADQUARTERS PANTOKA E Company का AC उत्तम कुमार घोषसहितको टोलीको समेत सहभागिता रहेको यस कार्यक्रममा सानो सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य विधिवत रुपमा सुरु गरिएको हो।सशस्त्र प्रहरी बलले पर्सा बारा, सर्लाही र सिराहाका अन्य सीमा स्तम्भहरूको समेत मर्मत तथा रंगरोगन गरिने जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)