पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेका चार जनालाई नगदसहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत्र २ गते । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेका चार जनालाई नगदसहित वीरगन्जको आदर्शनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुनालकुमार जैसवाल, वीरगन्ज २२ का वीरेन्द्र साह तेली, वडा नम्बर २० की रेखाकुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका-६ निवासी मितुकुमार कुर्मी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित कुनालकुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकको १३ थान चेकबुक, विभिन्न मितिमा काटिएका ६६ थान चेक, नबिल बैंकमा बिहीबार जम्मा भएको ४ लाख ५९ हजार, एनआईसी एसिया बैंकमा जम्मा भएको ८ लाख ३ हजार, राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १८ लाख ५० हजार रुपैयाँ भरेको डिपोजिट स्लिप बरामद गरेको हो । पर्सा प्रहरीका अनुसार ४ लाख ३ हजार रुपैयाँ नगदसमेत बरामद भएको छ । उनीहरुलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)