पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ फरहदवामा नवनिर्मित आधारभूत अस्पतालको उद्घाटन गरिएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज असोज ८ गते । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ फरहदवामा नवनिर्मित आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रिबन काटेर अस्पतालको उद्घाटन गरेका हुन् । सो अवसरमा देउवाले स्वास्थ्य सेवा जनताको प्राथमिक आवश्यकतामा पर्ने बताउँदै सरकारले देशका विभिन्न दुर्गम ठाउँहरूमा स्वास्थ्य पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए । उनले भने यो आधारभूत अस्पतालले यहाँका जनताले समयमै उपचार पाउने आशा छ । यसले स्थानीयस्तरमा स्वास्थ्य सुविधाको पहुँचलाई बिस्तार गर्नेछ जसले गर्दा जनताले स्वास्थ्य सेवाका लागि अन्य ठाउँमा जानु नपर्नेछ । स्वास्थ्यलाई जनताको मौलिक अधिकारको रूपमा सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ । ८ करोड १० लाख रुपैयाँको लागतमा १० शय्याको आधारभूत अस्पताल निर्माण गरिएको हो । जसमा पालिकाले २ करोड रुपैयाँको विभिन्न उपकरणहरुको व्यवस्थापन गरेको पालिका उपाध्यक्ष ममता महतो थारुले जानकारी दिइन् । उनले मंगलबारदेखि सञ्चालनमा आएको आधारभूत अस्पतालमा डिजिटल एक्सरेअत्याधुनिक प्रयोगशाला ९ ल्यब इसिजी,अल्ट्रासाउन्ड (युसजी) र आफ्नै फार्मेसीको सेवा उपलब्ध रहेको जानकारी गराइन् । ओपीडी सेवा र प्रसुती सेवा पनि उपलब्ध रहेको उनको भनाइ छ । अस्पतालमा हप्ताको सातै दिन फिजिसियन चिकित्सक १ जना कार्यरत छन् भने हप्ताको एक दिन प्रसुती विशेषज्ञ चिकित्सकपनि खटिने उपाध्यक्ष थारुले बताइन् । यसका साथै स्टाफ नर्स ३ जना र हेल्थ असिस्टेन्ट ६ जना कार्यरत रहेको उनले बताइन् प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते पटेर्वासुगौलीसहित देशभर ३०९ वटा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । त्यसमध्ये पर्सा जिल्लामा ४ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा पटेर्वा सुगौली गाउँपालिमा निर्मित आधारभूत अस्पताल सञ्चालनमा आएको हो । पर्सा जिल्लामा भने पटेर्वा सुगौली, धोबिनी, जिराभवानी र ठोरी गाँउपालिकामा गरी चार वटा आधारभूत अस्पतालको शिलान्यास गरिएकोमा जिल्लामा एक मात्र पटेर्वा सुगौलीको आधारभूत अस्पताल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताए । यो अस्पतालले पटेर्वा सुगौली र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ । यसले विशेष गरी बालबालिका,गर्भवती महिला र जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण र उपचारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)