पर्सामा ४ किलो ४ सय ग्राम चरेससहित एकजना पक्राउ बिदेश राजनीति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज मंसिर २३ गते । पर्सा जिल्लाको इनर्वा प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले ४ किलो ४ सय ग्राम लागु औषध चरेससहित एकजनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार मंसिर २२ गते दिउँसो २ बजे वीरगञ्ज महानगरपालिका–१६ शङ्कराचार्य गेट अगाडि चेकजाँचको क्रममा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–४ निवासी २३ वर्षीय दिपेन्द्र दर्जीलाई नियन्त्रणमा लिइएको हो।दर्जीलाइ नेपालबाट भारततर्फ चरेस लैजाँदै गरेको अवस्थामा शरीरमा लुकाइछिपाई राखिएको चरेससहित पक्राउ गरिएको हो।पर्सा प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)