पर्सामा खडेरी हटाउन ‘इस्तिस्का’ नमाज अदा — खेतमै वर्षाको लागि सामूहिक प्रार्थना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज साउन ११ गते । पर्सा जिल्लामा निरन्तर वर्षा नपरेपछि उत्पन्न भएको खडेरी र पानीको चरम अभावलाई ध्यानमा राख्दै स्थानीय मुस्लिम समुदायले आज विशेष धार्मिक प्रार्थना ‘इस्तिस्का’ नमाज अदा गरेका छन्। पोखरिया नगरपालिका–९ स्थित बैरिया र वीरगञ्ज महानगरपालिका–१७ औलौका खुला खेतमा बिहान १० बजेको समयमा सयौंको संख्यामा नागरिक सहभागी भई नमाज अदा गरिएको हो । इस्तिस्का’ नमाज इस्लाम धर्ममा वर्षाका लागि गरिने विशेष धार्मिक प्रार्थना हो, जुन आपत्कालीन खडेरी, सुख्खा र पानीको अभावमा सामूहिक रूपमा खुला ठाउँमा अदा गरिन्छ । यस धार्मिक क्रियाकलापमा सहभागीहरूले दुई रकात विशेष नमाज पढेपछि आकाशतर्फ हात उठाएर अल्लाहसँग बिनम्रतापूर्वक पानीको लागि दुवा गरे । दुवामा उनले प्रार्थना गर्दै भने या अल्लाह ! हाम्रो दुवा स्वीकार गर, आफ्नो रहमत स्वरूप पानी दे । हामी तिमीमाथि भरोसा गर्छौं, तिमी नै सम्पूर्ण सृष्टिका मालिक हौ। गाई–भैंसी, जीवजन्तु, जमिन, बोटबिरुवा र मानवहरू सबै पानीको प्यासले तडपिरहेका छन् । कृपया हाम्रो विन्ती स्वीकार गर र पानीको वर्षा गर, वर्षाको वर्षा गर । पछिल्ला केही हप्तायता पर्सा जिल्लासहित मधेसका अधिकांश भागहरूमा वर्षा नपरेको, तापक्रम अत्यधिक बढेको र धान रोप्न नपाएको अवस्था उत्पन्न भएपछि किसानहरू चिन्तित छन् । यसले कृषि, पशुपालन र दैनिक जनजीवनमा प्रतिकूल असर पारेको छ । स्थानीय मुस्लिम समुदायका अगुवा, समाजसेवी र युवाहरूको अग्रसरतामा आयोजित उक्त प्रार्थना कार्यक्रममा धार्मिक भावनाले ओतप्रोत वातावरण देखिएको थियो। सहभागीहरूले पानीका लागि मात्र नभई सम्पूर्ण देशवासीका सुख, शान्ति र समृद्धिका लागि पनि सामूहिक रूपमा दुवा गरेका थिए । स्थानीय बासिन्दाहरूले विश्वास व्यक्त गर्दै भने,हामीले सच्चा मनले अल्लाहसँग पानीको लागि प्रार्थना गरेका छौं। अब वर्षा हुनेछ भन्ने आशा छ । धार्मिक परम्पराअनुसार, इस्तिस्का’ नमाज कठिन समय र प्राकृतिक संकटका बेला सामूहिक रूपमा अदा गरिन्छ, जसले आध्यात्मिक शान्ति मात्र नभई सामूहिक चेतना र सहकार्यको पनि सन्देश दिन्छ । मुस्लिम समुदायको यस पहललाई धेरैले सकारात्मक रूपमा लिएका छन् र संकटको बेलामा एकअर्काप्रति सहयोग र सहानुभूतिका भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)