पर्सामा प्रहरीको कडा अभियान एकै दिनमा १९५ जना फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ १ गते । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा फरार प्रतिवादीहरू पक्राउ गर्ने विशेष अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत प्रहरीले एकै दिनमा विभिन्न मुद्दामा फरार रहेका १९५ जना प्रतिवादीलाई पक्राउ गरेको हो।पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाइहरूबाट गठन गरिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले २०८२ साल बैशाख ३० गतेका दिन फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरेको प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।प्रहरीको यो कदमले कानूनको शासन सुनिश्चित गर्ने दिशामा ठोस सफलता प्राप्त भएको बताइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)