पत्रकार नेहाल खान को दुखद निधनकोे खबरले मर्माहित बनाएको छ। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगंज फागुन २४ बुधबार राती निधन भएका पत्रकार नेहाल खानको आज दिउँसो अन्त्येष्टि गरिएको छ । नेपाल टेलिभिजनका पर्सा संवाददाता समेत रहेका खानको आर्दशनगर स्थित कव्रिस्थानमा मुस्लिम परम्परा अनुसार दिउँसो डेढ बजे अन्त्येष्टि गरिएको हो । खानको पार्थिव शरिरमाथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव एवं चौतारीका केन्द्रिय सदस्य श्याम बन्जारा, चौतारी पर्साका अध्यक्ष बिजय भण्डारी, सचिव राकेश साह,कोषाध्यक्ष संतोष पटेल,सदस्य आरोहण साह, राजन रौनियार,मन्सुर खान,आशिक अंसारीले चौतारीको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली अर्पण गरेका थिए । यसैगरी नेपाल पसत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,कोषाध्यक्ष संजिव मिश्रा लगायतको टोलीले पनि खानको पार्थिव शरिर माथि संघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै नेपाल मुस्लिम पत्रकार संघ अध्यक्ष मन्सुर खानले समेत आफनो संघको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका थिए । गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको थियो । प्रेस चौतारी नेपाल पर्साका सदस्य रहेका खान झण्डै दुई दशक भन्दा बढी समय देखि वीरगन्जमा सकृय पत्रकारिता गर्दै आएका थिए ।  ५२ बर्षिय खान वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुन्।कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उनको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन।खानकी पत्नि अजमा खातुनपनि क्यान्सर रोगबाट ग्रसित भई उपचाररत छिन्।भरतपुर क्यान्सर अस्पतालमा उनकोपनि करिब ६ महिनादेखि उपचार चलिरहेको छ।खानका दुई छोरी र दुई छोरा छन। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)