पत्रकार रजकको १३ औं पुण्यतिथिमा आज बिरगंजमा दिप प्रज्वलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत २८ गते । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा आज बिरगंजको घन्टाघर अगाडि दिप प्रज्वलन गरि श्रर्दान्जली कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको परिपत्र अनुसार देशव्यापी रुपमा भएको दोस्रो चयनको बिरोध कार्यक्रम अन्तर्गत आज बुधबार बिरगंजमा दिप प्रज्वलन गरि श्रर्दान्जली सभा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ पर्साका सचिब बिजय चौहानले यहि चैत्र १५ गते काठमाडौंको तिनकुनेमा एभि न्युजका सहकर्मी पत्रकार सुरेश रजकको नेपालको ईतिहासमा पहिलो पटक निर्मन रुपमा जिउँदै आगजनि गरि हत्या गरेको र सञ्चार गृहमा भएको तोडफोड तथा आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरु आज बिरोधमा उत्रिएका थिए । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अगुवाईमा पर्साका सम्पुर्ण सञ्चारकर्मीहरुले उक्त दिप प्रज्वलन कार्यक्रम गरेका थिए । नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले स्व. पत्रकार रजकको आत्माको चिरशान्तिको कामना गर्दै उपस्थित सम्पुर्ण पत्रकारहरुलाई १ मिनेटको मौन धारण गराई राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार रजकको १३ औं पुण्यतिथीमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गएका थिए । उक्त कार्यक्रममा पर्साका विभिन्न मिडियाबाट आबद्ध संचारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)