पूरै नेपाल मेरो घर हो, मंगल ग्रह लगे पनि डर छैन: रवि लामिछाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरस्थित नख्खु कारागार ल्याइएका छन्।

सभापति लामिछानेलाई शुक्रबार नख्खु कारागार सार्ने निर्णय भएको थियो । त्यहीअनुसार शनिबार अपराह्न उनलाई बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याएको हो । उनलाई नख्खु स्थानान्तरण गर्ने खबर पाएपछि शनिबार पार्टीका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झा भैरहवा पुगेका थिए । तर कारागार प्रशासनले भेट्न नदिएको प्रवक्ता मनिष झाले बताएका छन् । एकछिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो । कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो,झाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । आफूहरूले विमानस्थलमा एकछिन भेट्न दिन त्यहाँस्थित प्रहरी प्रशासनलाई अनुरोध गरेको उनले बताएका छन् । निकै अनुरोध गरेपश्चात् आफू र पार्टी उपसभापति वाग्लेलाई विमानस्थल प्रतिक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिएको उनले बताएका छन् । त्यस क्रममा आफूले पार्टी सभापतिलाई कति दिन भैरहवा बस्नु भयो भनेर सोधेको उनले बताएका छन् । जवाफमा सभापति लामिछानेले १२६ दिन बसेको बताएको उनले उनले उल्लेख गरेका छन् । काठमाडौं जानु हुदैछ, के सोच्दै हुनुहुन्छ उहाँले भन्नुभयो, पूरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ, सभापति लामिछानेको भनाइ उद्धृत गर्दै उनले लेखेका छन् ‘भैरहवाको हावापानी, यहाँको आमा बुवा, 'राजनीतिक प्रतिशोधले यिनिहरूले मंगल ग्रह लगे पनि डराउँदिनँ । यो त मेरो देश हो, मेरो भूमि हो । जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन,वाग्लेले लेखेका छन् । संवादका क्रममा सभापति लामिछानेले आफू बसेको कारागारको कोठाको भित्तामा लेखेर आएको बताएको झाको दाबी छ । ४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने । मैले प्रमाण मागेँ। उसले बल देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साँध्यो, सभापति लामिछानेको संवाद उद्धृत गर्दै झाले लेखेका छन्,तर पनि म भयभित छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे । सभापति लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याइएको थियो । सहकारी ठगीसम्बन्धी मुद्दामा सभापति लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न तुलसीपुर उच्च अदालतको बुटवल इजलासले आदेश दिएको थियो । उनी गत चैत २२ गते थुनामा परेका हुन् । उनले सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा आफुमाथि बिगो तोकिएको धरौटी तिरेर थुनामुक्त हुन माग गर्दै रूपन्देही अदालतमा रिट दिएका थिए । त्यसमा पनि अदालतले उनलाई थुनामै पठाउन आदेश गरेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)