प्याब्सन अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि साउथ जोन माविको पोल्टामा परेको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज कात्तिक ९ गते । प्याब्सन अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि साउथ जोन माविको पोल्टामा परेको छ । प्याब्सन पर्सा र बीरगन्जको संयुक्त आयोजनामा शुक्रबार बीरगन्जस्थित टाउन हलमा भएको सो प्रतियोगितामा साउथ जोन प्रथम भएको छ । साउथ जोनले नेपालको पुर्वी तराईमा बस्नते धिमाल जातिको नृत्य प्रस्तुत गरेको थियो । सन्थाल समुदायले नाच्ने नृत्य प्रस्तुत गरेको लिटल फ्लावर स्कूल प्रतियोगितामा दोस्रो भयो भने मारुनी नृत्य प्रस्तुत गरेको मनकामना माविले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । प्याब्सन आबद्ध २३ वटा विद्यालय सहभागी भएको सो प्रतियोगितामा मुनलाइट माविले चौथो स्थान प्राप्त गर्न सफल भयो भने जीवन ज्योति र गौतम माविले पाँचौ स्थानमा चित्त बुझाए । यसअघि, सो नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए । प्रतियोगितामा सहभागी २३ विद्यालयहरुले नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति र रीतिरिवाज झल्कने नृत्यहरु जस्तै साकेला नाच, घाटु झोरा नाच, झिझिया नाच, थारु झुमरा नाच लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताका विजेता, उपविजेता लगायत सहभागी विद्यालयहरुलाई प्याब्सनका केन्द्रिय महासचिव आरबी कटुवाल, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष श्याम केसी, मधेश प्रदेश सल्लाहकार मणि पाख्रिन, प्याब्सन वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी, उपाध्यक्ष शिव गुप्ता लगायतले शिल्ड, प्रमाणपत्र र मायाको चिनो प्रदान गरे । कार्यक्रममा बीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, एन प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ता र सचिव शेख अजहर लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमका प्याब्सनका जिल्ला अध्यक्ष पूरण प्रधान र नगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्इक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)