राैतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज  चैत्र २ गते । रौतहटको परोहा नगरपालिका–९ खापचोकमा मनि ट्रान्सफर संचालकमाथि गोली प्रहार भएको छ। खापचोकस्थित शिवम् मनि ट्रान्सफरमा लुटपाटका क्रममा लुटेराहरुले संचालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गरेका हुन्।शुक्रबार दिउँसो हतियारसहित मोटरसाइकलमा आएको तीनजनाको समूहले मनी ट्रान्सफर सञ्चालक साहलाई धम्क्याउँदै लुटपाट गर्यो। सो क्रममा लुटेरा समूहले साहलाई गोली प्रहार गरेको हो । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन्। लुटपाटमा संलग्नलाई तीनजना पक्राउ परेका प्रवक्ता तथा डीएसपी गिरिले जानकारी दिइन्।पक्राउ पर्ने तीनैजना भारतीय नागरिक हुन्। भारत मोतिहारीका मुनिशकुमार यादव,राजनकुमार पासवान र चन्द्रभान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोलसहित घटनाको केही बेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)