राष्ट्रपति पौडेलद्वारा हजयात्रीहरूलाई बिदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज जेठ २ गते । राष्ट्रपति पौडेलद्वारा हजयात्रीहरूलाई बिदाइ राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष मक्का–मदिना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई शुक्रबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहबीच बिदाइ गर्नुभयो।उहाँले हजयात्राको अवसरमा सहभागी सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना दिँदै भन्नुभयो,विविध जातजाति,भाषा,धर्म र संस्कृति समेटिएको हाम्रो देश नेपालमा आपसी भाइचारा, मित्रता र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने कार्य सबैको साझा दायित्व हो । राष्ट्रपतिले धार्मिक सहिष्णुता र बहुसांस्कृतिकताको संरक्षण तथा प्रवर्द्धनमा हजयात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले सहभागी हजयात्रीहरूलाई सफल, सुरक्षित र पुण्यमय यात्राको शुभकामना दिनुभयो।उक्त कार्यक्रममा राष्ट्रपति हज समितिका अध्यक्ष ज्यू तथा समितिका अन्य पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । उहाँहरूको समर्पण र व्यवस्थापकीय प्रयासको राष्ट्रपति पौडेलले प्रशंसा गर्नुभयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)