मन्सुर खान बिरगंज बैशाख ४ गते । काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिहरूका सभापतिका लागि उम्मेदवार टुंगो लगाएको छ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले २ संयुक्त समितिसहित १० एकल समितिका लागि उम्मेदवार चयन गरेको जनाएको छ।बैठकले दलको आन्तरिक जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।निर्णयअनुसार मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन भएका छन्।त्यसैगरी सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल लाई जिम्मेवारी दिइएको छ।यो निर्णयसँगै रास्वपाले संसदीय भूमिकालाई थप सक्रिय र व्यवस्थित बनाउने संकेत दिएको छ।