मन्सुर खान बिरगंज चैत १६ गते । रमजानको अवसरमा शेख रुस्तमद्वारा ५० विपन्न परिवारलाई कपडा वितरण । वीरगंज, चैत १५ – समाजसेवी तथा राजनीतिज्ञ शेख रुस्तमले रमजानको अवसरमा करिब ५० जना गरिब तथा विपन्न परिवारलाई कपडा वितरण गरेका छन् । वीरगंज महानगरपालिका-१३, मुडली नया टोलामा आयोजित एक विशेष कार्यक्रममा उनले उक्त सहयोग गरेका हुन् । नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर खानले शेख रुस्तमको यो पहललाई सराहनीय बताउँदै सामाजिक सेवामा उनको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । स्थानीय बासिन्दाहरूले पनि रमजान महिनामा गरिएको यस सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।