रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न रास्वपाको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज कात्तिक २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न पार्टीले ध्यानाकर्षण गराएको छ हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेको रास्वपाको दाबी छ।संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ। हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्तिमार्फत् बताएका छन्।सभापति लामिछानेको पक्राउविरुद्ध र सहकारीपीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा मंगलबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग रास्वपाले आरोप लगाएको छ।रत्न चोक हुँदै वाइचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो,’ झाले बताएका छन्, आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरी द्वारा गरिएको हातपात र सञ्चार सामग्री तोडफोडसमेत गरिएको कार्यको घोर विरोध गर्दछौं। बुधबार पोखराको मानवअधिकार चोकलगायत देशका विभिन्न जिल्लामा विरोध कार्यक्रम यथावत रहेको रास्वपाले बताएको छ।सहकारी ठगी, संगठित अपराधको अभियोगमा रास्वपा सभापति लामिछाने कास्की प्रहरी हिरासतमा छन्। उनलाई कात्तिक २ गते पक्राउ गरिएको हो। मंगलबारसमेत तीन पटक अदालतबाट म्याद थप गरी प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)