साउथ जोन मा.वीद्धारा शपथ ग्रहण समारोह तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार २५ गते । साउथ जोन मा.वीद्धारा शपथ ग्रहण समारोह तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो । 

साउथ जोन माध्यमीक विद्यालय, वीरगंजद्धारा विद्यालयको प्राँगण मै शपथ ग्रहण समारोह तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ । विद्यार्थीहरुका उत्कृष्ट प्रदर्शनहरुलाई अतिथी र अभिभावक वर्गमा दर्शानउने एवम् विद्यार्थीहरुलाई याग्य पुरस्कार प्रदान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षण शपथ ग्रहण समारोह थियो, जहाँ साउथ जोन मा.वी का प्रधानध्यापक सरोज प्रसाद चौधरीको सभापतित्वमा नवनिर्वाचित विद्यार्थी परिषदका सदस्यहरुले विद्यालयको मान्यता र परम्परालाई कायम राख्ने वाचा गरेका थिए । उहाँले विद्यालयको वातावरण र संस्कृतिलाई आकार दिन विद्यार्थी परिषद् महत्वमा प्रकास समेत पार्नु भएको थियो । त्यसै गरी शपथ ग्रहण समारोह पछि वार्षिक पुरस्कार वितरण समारोह सुरु भएको थियो । पछिल्लो वर्षमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रथम, द्धितिय र तृतीय श्रेणीमा विभाजन गरी विद्यार्थीहरुलाई पुरस्कार दिई सम्मान गरिएको थियो । साथै, मार्चपास प्रतियोगीतामा सर्वाेत्कृष्ट सदन सफायरलाई विजेता घोषण गरिएको थियो । शपथ ग्रहण समारोह एवम् वार्षिक पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी श्रीजंग गण श्रीपुर का सेनानी कुशल कार्की रह्नु भएको थियो । त्यसै गरी अति विशिष्ट अतिथीमा नीति तथा योजना आयोग मधेश प्रदेशका डा.हरिशंकर प्रसाद साह रह्नु भएको थियो । साथै विशिष्ट अतिथीहरु मा वडा नं १३का अध्यक्ष हिराला गिरी, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, एन–प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ ,पर्साका पत्रकार महासंघ को अध्याक्षा अनुप तिवारी र नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर खान, प्रेस सेन्टर नेपालका केन्द्रिउ सदस्य निरज पिठाकोठे, शिक्षा अधिकृत आनन्द लामिछाने, विनोद गरी, राजन जोशी रह्नु भएको थियो । त्यसै गरी कार्यक्रमका अतिथीहरुमा एन–प्याबसन बीरगंजका अध्यक्ष जियालाल गुप्ता, प्याबसन वीरगंजका अध्यक्ष आलोक चौरसीया, पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ट्राफिक प्रहरी सहायक निरीक्षक पर्साका गुणनिधी खकुरेल, विरगंज युवा समाजका कमल चौगाई, प्रकाश थारु, मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ता, पत्रकार सुर्य शुभचिन्तक, मनोज पटेल, सन्तोष साह, राधेश्ययाम पटेल प्रणय साह लगायत उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुद्धारा विभिन्न किसिमका नृत्य एवम् गानको पनि प्रदर्शन गरिएको थियो । सम्पूर्ण सांस्कृतीक कार्यक्र पछि पुरस्कार वितरण गरि प्रमुख अतिथी सेनानी कुशल कार्की र सभापति एवम् प्रधानध्यापक सरोज पप्रसाद चौधरीद्धारा मन्तव्य राखी कार्यक्रम हर्षाेलासका साथ समापन गरिएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)