सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार १ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघले जेठ २४ गते प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको छ । उनले यही जेठ ७ गते बिहान १०ः२० बजेको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पहिलो पटक संगठनको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहणले हिमाली भेग तथा हाई अल्टिच्युडका भू–भागहरुमा समेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीहरूलाई सीमा सुरक्षार्थ थप अभिप्रेरित भई परिचालित हुने बताए । उनले नेपालको सीमा सुरक्षा गर्ने कार्यदेश बोकेको सशस्त्र प्रहरी बल नेपालले अन्तर्राष्ट्रिय सीमामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सशस्त्र प्रहरी निरीक्षक पौडेललाई हौसला प्रदान गरिएको स्मरण गर्दै उच्च जोखिम एवं जस्तोसुकै परिस्थितिमा पनि हामीले आफूलाई जित्न सक्यौ भने असम्भव भन्ने केही पनि नहुने बताए । नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सगरमाथाको प्रथम सफल आरोहण सशस्त्र प्रहरी बल नेपालमा इतिहासका रुपमा रहने उल्लेख गरे । उनले संगठनको कुशल नेतृत्वको कारण सशस्त्र प्रहरी बलको तर्फबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेल र संगठन प्रमुख प्रतिआभार प्रकट गरे । कार्यक्रममा सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले नेपाल र संगठनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएकोमा गर्व महसुस गर्दै कार्यक्षेत्रमा सदैव संगठनको हितमा समर्पित रही परिचालित हुने समेत बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)