मन्सुर खान बिरगंज साउन २४ गते । सिक्का नोटैमा’ले युट्युबमा पायो १० मिलियनभन्दा बढी भ्युज, आईजीपी दानबहादुर कार्कीको शब्दरचना काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्दरचना रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ ले युट्युबमा १० मिलियनभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको छ।गीतले १० मिलियन भ्युजको आँकडा पार गरेपछि गीतसँग सम्बन्धित सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको छ। गीतको सफलताले सिर्जनाकार, गायक–गायिका, कलाकार तथा प्राविधिक टोलीमा उत्साह थपिएको छ।सिक्का नोटैमा’ पछिल्लो समय दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको गीतका रूपमा चर्चामा छ। गीतमा आईजीपी दानबहादुर कार्कीको शब्द रहेको छ। यसअघि पनि कार्कीको शब्दरचनामा विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक गीतहरू सार्वजनिक भइसकेका छन्।१० मिलियनभन्दा बढी भ्युज पुग्नुले गीतप्रति दर्शक–श्रोताको आकर्षण र लोकप्रियता झल्किएको गीतको टिमले जनाएको छ। यही सफलताको अवसरमा टिमका सदस्यहरू एकै ठाउँमा भेला भई केक काट्दै खुसी साटासाट गरेका हुन्।गीतको सफलताप्रति खुसी व्यक्त गर्दै टिमले आगामी दिनमा पनि दर्शक–श्रोताको माया, साथ र समर्थन निरन्तर प्राप्त हुने अपेक्षा गरेको छ।