सिमलताल पहिरो गोलाघाटमा भेटियो एक यात्रुको शव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार २९ गते । त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ । शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए । मृत भेटिएका युवक ऋषिपाल साह रहेको डिएसपी रिजालले जानकारी दिए । मृतक घोप्टो परेको र आधा शरीर बालुवामा पुरिएको अवस्थामा भेटिएका छन् । उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो। उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन । शनिबार बिहान सिमलतालबाट सुरक्षाकर्मीहरूले बेपत्ता गाडी र शव खोजी सुरू गर्दा त्यहाँ बेपत्ता भएकाहरूका आफन्त जम्मा भएका थिए । गोलाघाटमा एकजनाको शव भेटिएको र मृतक ऋषि पाल साह रहेको जानकारी गराएपछि त्यहाँ उपस्थित बेपत्ता भएकाहरूका आफन्तमध्येका एक युवक ऋषि आफ्नो दाइ रहेको बताउँदै गोलाघाटतर्फ गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मुचुल्का गरेर शव जिल्ला अस्पताल भरतपुर लगेको छ । ग्लोबल आइएमइ बैंकसँग समन्वय भइसकेको छ। त्यहाँबाट थप परिचय सबै थाहा हुन्छ,डिएपसपी रिजालले भने । मुग्लिन-नारायणघाट सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार‍ पहिरोसँगै बस बगाउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन् । शुक्रबार खोजी कार्य गरिएपनि त्रिशूलीमा पानीको वहाब बढेकाले कठीन भएको थियो । शनिबार बिहान पानीको वहाब पनि कम भएकाले खोजी कार्य प्रभावकारी हुने डिएसपी  रिजालले बताए। शनिबार सशस्त्र प्रहरीले सोनार क्यामेर, वाटर ड्रोन प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ । वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलतालमा शुक्रबार बिहान साढे ३ बजे त्रिशूली नदीमा खसेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)