मन्सुर खान बिरगंज वैशाख ९ गते । समुदाय प्रहरी साझेदारी अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्र आदर्श नगरले जनसमुदायमा ट्राफिक नियम सम्बन्धी जनचेतना जागृत गर्नका लागि आज बेलुका बिना नम्बर प्लेटका सवारी चालकहरूलाई,बिना हेल्मेट सवारी साधन गुडाउनेहरूलाई, इन्डिकेटरको उपयोग नगर्नेहरूलाई र अन्य विभिन्न ट्राफिक नियमको उल्लंघन गर्ने कुल ४०० जनालाई फरक शैलीमा मिठाई स्वरूप चकलेट प्रदान गरेर जरिवाना गरिएको छ। १५ जना सवारी चालकहरूको सवारीमा नम्बर प्लेट केरकार गरिएको धुमिलो भएको,नदेख्ने गरी भएको हुनाले तत्काल अन द स्पोट नम्बर प्लेट लेखन कार्य पनि गर्नुभयो।यस कार्यको निरीक्षण र मार्गदर्शन बिर्ता प्रहरी निरिक्षक पुष्कर बोगटी र ट्राफिक प्रहरी निरिक्षक भाष्कर खतिवडा. लें भएको गर्नु भएको जानकारी ग्रीन सिटी सामुदायिक प्रहरी का अध्यक्ष जय प्रकाश खेतान ले दिनु भयो ।