संगठनको उद्देश्य र प्रहरी आचार संहिता अनुरुप कार्यसम्पादन गर्ने डिआईजी पोखरेलको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ ५ गते । जनकपुरधाम मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआईजी ) यज्ञ बिनोद पोखरेलले मधेस प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखा उपशाखाको निरीक्षण तथा सम्पुर्ण शाखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । निर्देशन सम्बोधनकै क्रममा उहाँले सम्पूर्ण प्रहरी कर्मचारीले आ-आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक ढङगले निर्वाह गरे मात्रै प्रहरी संगठनले अंगिकार गरेको मुल्य मान्यताहरुले सार्थकता पाउने बताउँदै जस्तोसुकै परिस्थितिमा संगठनको मुलभूत उद्देश्य प्राप्तिका लागि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । निर्देशन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनको उद्देश्य र प्रहरी आचार संहिता अनुरुप कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत र आचार संहिता बिपरीत जानेलाई कारवाही गर्न संकोच नमान्ने बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)