मन्सुर खान बिरगंज पुस ६ गते । सनराइज टायक्वान्डो डोजाङ्गका खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा तिन स्वर्ण पदक जिते. भारतको कालीपुङ्गमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय टायक्वान्डो प्रतियोगितामा बिरगंजस्थित सनराइज टायक्वान्डो डोजाङ्गका चार खेलाडी सहभागी भएका मध्ये तीन जना खेलाडीले स्वर्ण पदक जित्न सफल भएका छन् भने एक खेलाडीले तृतीय स्थान हासिल गरेका छन्। प्रतियोगिताको समापन समारोहमा खेलाडीहरूको उत्साह र मनोबल बढाउँदै भारतका जनरल सचिव, टायक्वान्डो फेडेरेसनले स्वयम् रञ्जितकार, स्वास्तिक श्रेष्ठ र सिवान्स गुप्ता लगायतका खेलाडीहरूलाई स्वर्ण पदकसहित प्रमाणपत्र हस्तान्तरण गरेका सनराइज टायक्वान्डो डोजाङ्गका प्रशिक्षक प्रमुख राजेन्द्र साहीले जानकारी दिए ।