सर्वोच्‍च अदालतले दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज असोज ८ गते । सर्वोच्‍च अदालतले दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै मंगलबार १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेको हो।मेडिकल व्यवसायी प्रसाईंलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै आइतबार पक्राउ गरेको थियो।उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको थियो । उनले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)