सशस्त्र प्रहरी बल पर्साद्वारा प्रतिबन्धित भारतीय सेतो अण्डा बरामद गरी नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज चैत ७ गते । सशस्त्र प्रहरी बल पर्सा गुल्म, वीरगंजले नेपालमा प्रतिबन्धित भारतीय सेतो अण्डा बरामद गरी नष्ट गरेको छ।सशस्त्र प्रहरीका अनुसार छिमेकी मुलुक भारतमा बर्ड फ्लू रोगको संक्रमण फैलिएको आशंकामा नेपाल सरकारले सेतो अण्डा र भारतीय बोइलर कुखुरालाई प्रतिबन्ध लगाएको छ। सोही अनुसार, रोगको सम्भावित जोखिमबाट बच्न सीमा नाकाहरूमा निगरानी गर्दै प्रतिबन्धित सामग्री नियन्त्रणमा लिएर नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ।यस क्रममा पर्साका बिरगंज -१६ ईनर्वाका विभिन्न सीमा नाकाबाट १२० क्रेट (लगभग रु. ४८,०००/- बराबर) प्रतिबन्धित भारतीय सेतो अण्डा नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)