सशस्त्र प्रहरी डिएसपी सुब्बा ‘इन्ग्रिटी अवार्ड’बाट सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज भदौ २ गते । बिरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको Best Integrity Award Programme–२०८२ मा सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बा सम्मानित भएका छन् । बिरगंज गुल्मका गुल्मपति रहेका बेला सुब्बाले तस्करी नियन्त्रणदेखि सीमा सुरक्षा मजबुत बनाउने कार्यमा देखाएको उत्कृष्ट नेतृत्व र योगदानको उच्च मूल्यांकन गर्दै उनलाई प्रशंसापत्रसहित रु २५ हजारको नगद चेक प्रदान गरिएको हो।सुब्बाले आफ्नो ७ महिनाको कार्यकालमा तस्करी नियन्त्रण गर्दै करिब ८ करोड बराबरका विभिन्न अवैध सामान बरामद गरी भन्सार बुझाएका थिए। उनको इमान्दारिता, निष्ठा र सक्रियतालाई उद्योग वाणिज्य संघका पदाधिकारीहरूले उदाहरणीय कार्यका रूपमा उल्लेख गरेका छन्।कार्यक्रममा सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशका डिआईजी कृष्ण ढकालले नागरिक सम्मान नै सबैभन्दा ठूलो सम्मान भएको उल्लेख गर्दै सुरक्षाकर्मीलाई नागरिकप्रति सहज वातावरण र शान्ति–सुरक्षाको प्रत्याभूति हुने गरी कार्य गर्न आग्रह गरे।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)