सुटकेसभित्र मृत भेटिएकी महिलाको घर भारत, छोरा पढाउन बसेकी थिइन् माइतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ ८ गते । रौतहटमा सुटकेशभित्र मृत भेटिएको महिलाको पहिचान खुलेको छ । मृतक महिला रौतहटकै माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साह रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीले जानकारी दिए । मृतककी आमा र दाइले शवको सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए।आमा र दाइसहित अरू आफन्तहरू पनि आउनुभएको थियो। उहाँहरूले सनाखत गरिसक्नुभएको छ,डिएसपी कार्कीले भने।उनका अनुसार मृतकको घर भारतको मुजफ्फरपुर रहेको पनि खुलेको छ। उनी चार वर्षदेखि रौतहटमै बस्दै आएकी थिइन्।माइती माधवपुर भए पनि उनी छोरा पढाउन भनेर गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन्। उनको श्रीमान भने भारतमै छन्।श्रीमान पनि भेटिइसकेका छन्। घर परिवारमा पनि राम्रै रहेको भन्ने खुलेको छ। बाँकी अनुसन्धान भइरहेको छ,' डिएसपी कार्कीले भने।शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो।डिएसपी राजु कार्कीका अनुसार डोरीले बाँधिएको अवस्थामा सुटकेश भेटिएपछि रातभरि प्रहरीले रुँगेर बसेको थियो।शंकास्पद भएका कारण तत्काल खोलिहाल्न पनि भएन। केही प्रहरीलाई रातभरि राखेर बिहानमात्रै सुटकेश खोल्यौं,' उनले भने।बिहान डिएसपी कार्की नेतृत्वको टोली घटनास्थल पुगेपछि सुटकेश खोलेर हेर्दा महिलाको शव भेटिएको थियो।सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको घाँटीमा डोरी र सलले बाँधिएको थियो। उनको नाकमा रगतका धब्बाहरू पनि छ। शवको प्रकृति हेर्दा महिलाको हत्या शुक्रबार दिउँसो मात्रै भएको जस्तो देखिने पनि उनले बताए।शव धेरै पुरानो जस्तो देखिँदैन। शुक्रबार दिनभरिको घटनाजस्तो देखिएको छ। यसबारे फरेन्सिक जाँच गरेपछि थप खुल्छ, उनले भने।शव पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ। बाँकी अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)