त्रिशूली नदीमा दुई वटा बस खस्याे, ६५ जना यात्रु बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार २८ गते । पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन । बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । ढुङ्गा खसी बसमा बस चालकको मृत्यु यसैगरी, असार २८ गते बिहान ३ बजे चितवन जिल्ला भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं.को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सहित ढुङ्गा खसी बसमा लाग्दा बस चालक जिल्ला नवलपरासी सुनवल नगरपालिका–४ बस्ने बर्ष ३६ को मेगनाथ बिक गम्भीर घाइते भई उपचारका लागि भरतपुरतर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस घटना स्थलमै रहेको बसमा सवार यात्रुहरुलाई केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ । बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ । बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)