तस्करीका कपडासहितको पिकअप सशस्त्र प्रहरी पर्साद्वारा नियन्त्रणमा ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत २५ गते । तस्करीका कपडासहितको पिकअप सशस्त्र प्रहरी पर्साद्वारा नियन्त्रणमा । 

बिरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वाको भुटनदेबी क्षेत्रबाट निस्केको तस्करीको पिकअप गाडी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३, भलुवाहीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो पिकअप गाडीलाई पछ्याएको थियो। टोलीलाई देखेपछि चालकले गाडी लिएर बिरगंजको ईनर्वा भुटनदेबी हुँदै नगवा तर्फ भागेको बताइएको छ। पछि धाउने क्रममा बाराको भलुवाही गाउँमा पुगेर चालक गाडी छाडेर फरार भएको प्रहरीले जनाएको छ।बा.प्र.०१–०२७ च ८५०३ नम्बरको पिकअप गाडीमा तस्करी गरिएको भारी मात्राको कपडा फेला परेको छ। गाडीको मूल्य करिब २५ लाख रुपैयाँ र कपडाको मूल्य १० लाख ७ हजार ९ सय रुपैयाँ बराबरको रहेको मूल्यांकन गरिएको छ।सशस्त्र प्रहरी बल, पर्साका अनुसार बरामद गरिएको गाडी र कपडा आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)