ठोरी गाउँपालिकाकी असहाय गर्भवती महिलाको बीरगंज मेट्रो सिटी हस्पिटलमा निःशुल्क सफल शल्यक्रिया.

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक ११ गते । ठोरी गाउँपालिकाकी असहाय गर्भवती महिलाको बीरगंज मेट्रो सिटी हस्पिटलमा निःशुल्क सफल शल्यक्रिया. पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ की मिकमार पाकरिनकी श्रीमती फुरिमाया दोङ्गको गर्भावस्था जटिल भएपछि उनलाई सरकारी नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। अवस्था गम्भीर भएपछि नारायणी अस्पतालबाट रेफर गरिई अन्ततःबीरगंज मेट्रो सिटी हस्पिटल प्रा. लि.मा ल्याइएकी गर्भवती महिलाको सफल शल्यक्रिया गरी सुरक्षित प्रसूति गराइएको छ।आर्थिक अवस्था कमजोर भएकी दोङ्गको दयनीय अवस्थालाई ध्यानमा राख्दै बीरगंज मेट्रो सिटी हस्पिटल ले सम्पूर्ण उपचार, आपरेसन शुल्क र औषधि खर्च पूर्ण रूपमा निःशुल्क गरेको हो। शल्यक्रियापछि हस्पिटल परिवारले मिठाई खुवाएर स्वागतसहित डिस्चार्ज गरि एम्बुलेन्समार्फत उनी र उनको नवजात शिशुलाई घरसम्म पुर्‍याउन सहयोग गरेको जनाएको छ।यसका साथै, नवजात शिशुको सहयोगार्थ नगद रु. ५,००० प्रदान गरिएको र बच्चालाई दूध खानका लागि प्रत्येक महिनामा रु. ५,००० दिने प्रतिबद्धता पनि हस्पिटलले जनाएको छ।बीरगंज मेट्रो सिटी हस्पिटल ले सेवा नै धर्म हो भन्ने भावनासहित असहाय र उपचार अभावमा परेकाहरूका लागि निरन्तर सेवा पुर्‍याइरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)