टी–ट्वान्टी विश्वकप क्रिकेट सुरु भइसकेको छ। जसमा विश्वका २० टिमले सहभागीता जनाएका छन्।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ २१ गते । टी ट्वान्टी विश्वकप क्रिकेट सुरु भइसकेको छ । जसमा विश्वका २० टिमले सहभागीता जनाएका छन् । विश्वकप क्रिकेटमा दिग्गज टीमका दिग्गज खेलाडीहरूले आफ्नो प्रभाव कायमै राख्ने प्रयास गर्नेछन् भने नयाँ टिमले पनि आफ्नो प्रभाव छोड्ने प्रयास गर्नेछन् । आइतवारबाट सुरु भएको विश्वकप क्रिकेटमा सहभागी २० टीमलाई ४ समूहमा बाँडिएको छ। जसमा प्रत्येक समूहमा ५–५ टीम रहेका छन् । समूह ए मा भारत पाकिस्तान आयरल्याण्ड, क्यानडा र अमेरिका, समूह बी मा इंल्याण्ड, अस्ट्रेलिया नामिबिया, स्कटल्यान्ड र ओमान, समूह सी मा न्युजिल्यान्ड, वेस्ट इन्डिज अफगानिस्तान, युगान्डा र पापुआ न्यू गिनी तथा समूह डी मा दक्षिण अफ्रिका, श्रीलङ्का बङ्गलादेश नेदरल्यान्ड्स र नेपाल रहेका छन् । तर, यी सबमा नेपाल रहेको समूह डी लाई ग्रुप अफ डेथ भनिएको छ। ग्रुप अफ डेथ को अर्थ हो जहाँ ठूला टीम अपेक्षाकृत कमजोर टीमसँग पराजित हुने खतरा हुन्छ । विश्वकपको समूह डी मा दक्षिण अफ्रिका श्रीलङ्का जस्ता उच्च र्‍याङ्किग भएका टीम हुनु भने बङ्गलादेश पनि यसै समूहमा छ। त्यस्तै नेपाल र नेदरल्यान्ड्स पनि समूह डी मै रहेको छ। जसले मैदानमा ठूलो उलटफेर गर्न सक्ने दम्भ राख्छ ।पूर्व दिग्गज क्रिकेटर एडम गिलक्रिस्टले नेपाल र नेदरल्यान्ड्सलाई दिएर बयान दिएका छन्। उनले यी दुबै टीमले म्याचमा उलटफेर गर्न सक्ने बताएका छन् । नेपाल र नेदरल्यान्ड्सले विश्वकपमा बङ्गलादे र श्रीलङ्का जस्ता टीमविरुद्ध आश्चर्यजनक परिणान दिन सक्ने उनको भनाइ छ। नेपाल एक यस्तो टीम हो जसले राम्रो प्रदर्शन गर्न सक्छ। नेपालसँग केही यस्ता खेलाडी छन् जो पछिल्लो केही वर्षदेखि लगातार राम्रो लिग खेल्दै आइरहेका छन् । उनले थपे तर नेपालको लागि दुर्भाग्य हो की उसले आफ्नो लेग स्पिनरलाई विश्वकप अघि गुमाइसकेको छ। नेदरल्यान्ड्सको टीमले २०२२ मा अस्ट्रेलियामा भएको टी ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गरेर उलटफेर गरेको स्मरण गर्दै गिलक्रिस्टले नेदरल्यान्ड्सलाई हराउनु सहज नहुने बताए । उनले भने नेदरल्यान्ड्सको टी सँधै चुनौती प्रस्तुत गर्छ र फेरि त्यहि समूहमा छ जसमा दक्षिण अफ्रिका पनि छ । गत विश्वकपमा एडिलेडमा भएको खेलमा उसले दक्षिण अफ्रिकालाई हराएको थियो र यसपटक पनि उलटफेर गर्न तयार छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)