तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज भदौ १ गते । तुइन पुलमा ढुंगासहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ। तुइन पुलनजिकै आइतबार बिहान करिब ४ बजेतिर ढुंगासहितको पहिरो खसेर दुवैतर्फी सडक अवरूद्ध भएको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ । बिहान ४ः०० बजेतिर मुग्लिन–नारायणगढ सडक खण्डको तुइन पुलनजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ। पहिरो हटाउनको लागि डिभिजनबाट मेसिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ,भरतपुर सडक डिभिजनले जानकारी दिएको छ । सडक डिभिजन कार्यालयले पहिरो पन्छाउन दुई–तीन घन्टा लाग्ने पनि जानकारी दिएको छ । अबको करिब दुई–तीन घन्टाभित्र पहिरो हटाइ सवारी आवागमन दुवैतर्फ सञ्चालन हुने जानकारी गराउँदछौं । वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध गरिन्छ,सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिँदै भनेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)