उद्धव गुप्तालाई लायन्स वर्ष २०२५/२६ का लागि जोन चियर पर्सनमा मनोनित।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख १६ गते । लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिमका उद्दव गुप्ता क्षेत्र १ जिल्ला ३२५ पी नेपालका जोन चियरपर्सनमा मनोनित उद्दव गुप्तालाई लायन्स वर्ष २०२५/२६ का लागि जोन चियरपर्सनमा मनोनयन अत्यन्तै हर्ष र कृतज्ञताका साथ,अन्तर्राष्ट्रिय लायन्स संस्था,जिल्ला ३२५ पी नेपाल (लायन्स वर्ष २०२५/२६) अन्तर्गत काठमाडौं क्षेत्र नं.१ का लागि लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिमका सक्रिय सदस्य लायन उद्दव गुप्तालाई जोन चियरपर्सन पदमा मनोनयन गरिएको छ। उक्त महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण लायन्स अभिभावकज्यूहरू,आदरणीय लायन्स लिडरहरू तथा शुभेच्छुकहरूलाई उद्दव गुप्ताले विशेष धन्यवाद तथा हार्दिक नमन व्यक्त गरेका छन् । उहाँले लायन्स गभर्नर PMJF लायन बलराम भट्टाराईज्यू, लायन राजन कुँवर सर,लायन अनुप पहारी सरज्यू लगायत सबै प्रेरक तथा मार्गदर्शकहरूप्रति आभार प्रकट गर्नुभएको छ । त्यस्तै,आगामी वर्ष २०२६/२७ का गभर्नर तथा आफ्नो गाइडिङ लायन MJF लायन सन्दीप कसौधन दाइ र २ आ उप-गभर्नर चयनित PMJF लायन मीना पन्थी रेग्मीप्रति समेत विशेष धन्यवाद व्यक्त गरिएको छ । उद्दव गुप्ताले लायन्स सेवा, नेतृत्व र मानवियताका कार्यमा निरन्तर समर्पित भई,सबैको विश्वास र साथको सम्मान गर्दै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ । Happy Heart's Helping Hands भन्ने मूल मन्त्रका साथ उहाँले जय लायनवादको उद्घोष गर्नुभएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)