वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले वीरगन्जमा रहेका होटल र रेष्टुरेन्टहहरुमा अनुगमनलाई निरन्तरता दिएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २८ गते । वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले वीरगन्जमा रहेका होटल र रेष्टुरेन्टहहरुमा अनुगमनलाई निरन्तरता दिएको छ । वीरगन्जका नाम चलेका होटल र रेष्टुरेन्टहरुमा गुणस्तरहीन खानेकुराहरु बिक्रिवितरण हुदै आएको जनगुनासोपछि बजार अनुगमन समितिले बिहीबारदेखि फेरि अनुगमनलाई निरन्तरता दिएको छ । यसैक्रममा शुक्रबारपनि अनुगनमन समितिले होटल मकालु डिलाइट गो का साथै ब्रियानी हाउसहरुमा अनुगमन गरेको छ । त्यसक्रममा होटल मकालुको फ्रिजमा शाकाहारी र मांसाहारी खानेकुरा एकै ठाँउमा राखिएको र म्याज गुज्रिएको बियरपनि फेला परेको अनुगमन टोलीमा सहभागी वीरगन्ज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले जानकारी दिए । साथै होटल मकालुले वीरुगन्ज महानगरपालिकाबाट व्यवसाय दर्ता इजाजतपत्रपनि नलिएको भेटिएको उनले बताए । यस्तै डिलाइट गो रेष्टुरेन्टमा गरिएको अनुगमनका क्रममा भान्छाको फ्रिजमा मासुजन्य खाद्य सामाग्री ब्यवस्थापन  नगरी राखिएको अवस्थामा भेटिएको तथा उसलेपनि महानगरपालिकाबाट व्यवसाय दर्ता इजाजत पत्र नलिएको पाइएको ठाकुरले बताए । यस्तै शुक्रबार अनुगमन गरिएका होटल जाइका ब्रियानी र होटल सम्मा ब्रियानीमा मासु काट्ने , पकाउने लगायतका स्थान निक्कै फोहोर र अव्यस्थित अवस्थामा भेटिएको उनले बताए ।त्रूटी भेटिएका होटल र ब्रियानी हाउसहरुलाई एकपटकका लागि सचेत गराइएको भन्दै ठाकुरले अब उप्रान्त कुनै त्रूटी भेटिए कानुन अनुसार कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिइएको उनले बताए । सो को जानकारी उप प्रमुखको प्रेस सल्लाहकार महमद सदाब ले दिनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)