मन्सुर खान बिरगंज असोज ४ गते । वीरगञ्जमा आयोजित एक कार्यक्रमको क्रममा नयाँ हिन्दी गीत मुरिद तेरा सार्वजनिक गरिएको छ । यो गीत वीरगञ्जका कलाकारहरूले सँगै मिलेर तयार पारेका छन् र कार्यक्रमको दौरान प्रमुख अतिथि वडा नम्बर २० का अध्यक्ष रामकिशोर सिंह परागले यसलाई औपचारिक रूपमा विमोचन गरे । स्मोकी हाउस, बिर्तामा भएको कार्यक्रममा गीतलाई स्क्रिनमा प्रदर्शन गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरियो। यस अवसरमा बोल्दै विभिन्न कलाकार र वक्ताहरूले स्थानीय संगीतको उत्थान र कलाकारहरूको आवश्यकता र सम्मानको बारेमा चर्चा गरे । कार्यक्रममा उपस्थित जनसमुदायले “मुरिद तेरा” गीतलाई अत्यधिक सराहना गर्दै यसमा प्रयोग गरिएको हिन्दी र नेपाली भाषाको अनोखा मिश्रणलाई उल्लेख गरे। गीतमा संगीत तयार गरेका सदाम हुसेनको कामको प्रशंसा गर्दै अन्य कलाकारहरूले पनि आफ्ना विचार साझा गरे। युनिक आजम र निलम भट्टले यस गीतमा अभिनय गरेका छन्, जसले गीतलाई थप जीवंतता प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रामकिशोर सिंह परागसँगै डा. सुष्मा तिवारी दुवेडी, अशोक प्रधान, प्रकाश थारु, देवास मानव सेवा, सुलभ केसी, सुनिल पण्डित, कपिल अग्रवाल, मार्टिन मोक्तान,र रोमी शे जस्ता अन्य प्रमुख व्यक्तिहरूको बहुमूल्य उपस्थिति रहेको थियो । यसरी मुरिद तेरा ले वीरगञ्जका कलाकारहरूको सामूहिक प्रयास र संगीतको प्रति उत्साहलाई उजागर गर्दै एक नयाँ अध्यायको सुरुवात गरेको छ।